Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गरिबका लागि बनाइएका घर प्रयोगविहीन

गरिबका लागि बनाइएका घर प्रयोगविहीन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०७९ सोमवार • १६:५३:२७ बजे
  • 397
    SHARES
  • गरिबका लागि बनाइएका घर प्रयोगविहीन

    दाङको बङ्गलाचुली गाउँपालिकाले विपन्न नागरिकलाई  राहत दिन आवास निर्माण गरिदियो । पालिकाको वडा नं २, ५, ६ र ८मा  प्रति घर रु १० लाखको लागतमा ३० घर निर्माण भएका थिए । 

    images


     ती वडामा  दुई कोठे घर निर्माण गरिए पनि अझैसम्म कोही पनि बस्न गएका छैनन् ।वडा नं २स्थित  बढीपोखरामा  छ घर  र वडा नं ८स्थित  हाँसीपुरमा रहेको जङ्गलको डाँडामा छ घर निर्माण गरिए   पनि ती घर खाली छन्   ।


    घर निर्माणपछि वडा कार्यालयले गरिब तथा असहाय परिवार पहिचान ग¥यो तर पहिचान भएका कोही पनि ती घरमा बस्न जान इच्छुक भएनन् । पूर्ववडाध्यक्ष गिरिराज बाँठाका अनुसार सुरुमा स्थानीय दुई तीन परिवार बस्न थालेका थिए तर पछि उनीहरूले पनि छाडेका हुन् । यी घर बनाइएको ठाउँमा कुनै व्यवसाय गरेर बस्न सकिने अवस्था छैन । 


     नजिक मानवबस्ती नभएको थलोमा गएर कोही पनि बस्न राजी नभएका हुन्, “गरिबका लागि भनेर बनाइएका घरका झ्यालढोका फुटेर जीर्ण छन्,” उहाँले भन्नुभयो, “कोही पनि बस्न तयार नभएकाले घरहरू बेकम्माका बनेका छन् ।” 
    यसैगरी वडा नं ५ मा पनि बनाइएका १२ घरमध्ये चारवटा घरमा मात्रै मानिस बसेका छन् ।  त्यहाँका वडाध्यक्ष लिले घर्तीले भन्नुभयो, “ माथिल्लो भेग मानव बस्तीदेखि टाढा  रहेका कारण बाँकी घरमा कोही बस्न नमानेको हुनसक्छ ।” 

    वडा नं ६ मा बनेका छ घरमध्ये तीनवटा प्रयोगमा आएका र बाँकी घर जीर्ण बन्दै गएका छन् । स्थानीयवासी  भुवन केसीले भन्नुभयो,“ पालिकाले बनाएका घर बस्नयोग्य नभएकाले कोही बस्न राजी भएनन्।” ती घरका लागि  रु तीन करोड खर्च भएको थियो । 

    ती ३०घरमध्ये प्रत्येक दुईवटा घरका लागि  १५ वटा शौचालय पनि बनाइएको थियो । ती  घर निर्माण गर्ने ठेक्का घोराहीस्थित माइन स्टोन कम्पनीले पाएको थियो । 

    यसैबीच अघिल्लो नेतृत्वले बनाएका घरमा बस्न अहिलेको नेतृत्वले पनि गरिब परिवारलाई आह्वान गरिरहेको छ । “बेसहारा  तथा विपन्नलाई पालिकाले बनाएका घरमा बस्न आउनुस् भनिरहेका छौँ, पालिका अध्यक्ष तुलसीराम पुनले भनुभयो, “रित्ता घरमा अहिलेसम्म कोही बस्न आएको अवस्था छैन । प्रयोगमा ल्याउन सके ठूलो रकम खर्चेर बनाइएको सार्वजनिक सम्पत्तिको उपयोग हुने थियो ।” 

    घर नभएकालाई घरको व्यवस्था गरेका थियौँ उहाँँहरुले महत्व बुझ्न सक्नुभएन । आर्थिक वर्ष २०७५÷७६ मा नमुना बस्ती निर्माण योजनाअनुसार गरिब तथा असहाय परिवारका लागि घर बनाउन सङ्घीय सरकारले रु दुई करोड दिएको थियो । गाउँपालिकाले एक करोड थपेर ती  चारवटा वडामा दुई–दुई कोठे भूकम्प प्रतिरोधी घर बनाएको थियो ।

  • सम्बन्धित विषय:

  • # घर प्रयोगविहीन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology