Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

व्यावसायिक फर्ममाथि कारबाही

व्यावसायिक फर्ममाथि कारबाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २१, २०७९ मंगलवार • १०:५९:२६ बजे
  • 475
    SHARES
  • व्यावसायिक फर्ममाथि कारबाही

    बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ ।

    images

    अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो । 

    चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना अवधिमा ती व्यावसायिक फर्ममाथि गरिएको कारबाहीबाट रु एक लाख ४९ हजार राजस्व सङ्कलन भएको सो कार्यालयका सूचना अधिकारी दिलीप खङ्ग खत्बेले जानकारी दिनुभयो । 

    यस्तै चालु आव २०७९÷८० को आठ महिना अवधिमा प्राइभेट र साझेदारी फर्म गरी दुई सय ४३ वटा व्यावसायिक फर्म दर्ता भएको जनाएको छ । सो अवधिमा एक हजार छ सय ३९ प्राइभेट फर्म र ४३ साझेदार फर्मको नवीकरण गरिएको र छ सय ७७ प्राइभेट तथा १३ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताउनुभयो । 

    यस्तै उक्त अवधिमा एक सय ७५ वटा प्राइभेट र पाँचवटा साझेदार फर्मको दर्ता खारेज गरिएको उहाँले जानकारी दिनुभयो । ती सबै शीर्षकबाट रु ८० लाख ३४ हजार तीन सय राजस्व सङ्कलन भएको सूचना अधिकारी खङ्गले बताउनुभयो । म्याद गुज्रिएको सामान बिक्री गर्ने, खरिद र बिक्री बिल नकाट्ने तथा मूल्यसूची नराख्ने प्रवृत्ति बढेकाले बजार अनुगमनलाई निरन्तता दिएको कार्यालय प्रमुख सुरेशकुमार रेग्मीले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # फर्ममाथि कारबाही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology