Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७९ बुधवार • १०:०१:४४ बजे
  • 673
    SHARES
  • कास्कीमा पशु चौपायामा खोप प्रभावकारी

    कास्की जिल्लामा पशु चौपायामा लागू गरिएको खोप कार्यक्रम प्रभावकारी बनेको छ । पशुमा लाग्ने रोग सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ देखि पूर्णखोप लगाउने व्यवस्था गरेकामा हालसम्म विभिन्न क्षेत्रमा गरी दुई लाख १८ हजार सात सय खोप लगाइएको छ ।

    images

    भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा शम्भुराज पाण्डेका अनुसार गत वर्ष मात्र गाई, भैँसी र बङ्गुरमा मात्र ९४ हजार चार सय एक खोप लगाइएको छ । गाई–भैँसीमा नै हुने भ्यागुुते र चरचरेविरुद्ध २६ हजार तीन सय ७१ खोप लगाइएको छ भने बङ्गुरका स्वाइनफिबरका लागि करिब १५ हजार खोप लगाइएको छ ।

    त्यस्तै भेडाबाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेबिजविरुद्ध ६१ हजारभन्दा बढी खोप लगाइएको डा पाण्डेले जानकारी दिनुभयो । खोप लगाउन गाउँ–गाउँमा ‘किसान सचेत कार्यक्रम’ सञ्चालनमा छ । ‘हेम्जा गाई फार्म’का सञ्चालक घनश्याम तिमिल्सिनाले प्रभावकारी रहेकाले खोरेतविरुद्धको खोप दुईपटक र अन्य  एकपटक लगाउने नीति सरकारले लिनुपर्ने बताउनुभयो ।

    कार्यालयका पशु विकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्यूनीकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने उल्लेख गर्दै यस वर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भइसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको जानकारी दिनुभयो । भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ । सबै किसिमको खोप गाउँपालिकामा पु¥याउने उहाँको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # कास्कीमा पशु चौपाया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology