Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७९ बिहिवार • १०:४६:२२ बजे
  • 895
    SHARES
  • एकल महिलाले जन्माएको बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने

    राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ।

    images

    एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रस्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो ।

    विभागले लेखेको पत्रमा भनिएको छ, 'विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने।'

    त्यस्तै विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन विभागले निर्देशन दिएको छ।

    बच्चाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिन पनि विभागले निर्देशन दिइएको छ।

    d1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology