Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पैसा बिछ्याएर टिकटक बनाउने युवकलाई प्रहरीले गरायो सचेत

पैसा बिछ्याएर टिकटक बनाउने युवकलाई प्रहरीले गरायो सचेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २३, २०७९ बिहिवार • १८:१३:५२ बजे
  • 430
    SHARES
  • पैसा बिछ्याएर टिकटक बनाउने युवकलाई प्रहरीले गरायो सचेत

    पैसाको ओछ्यान बनाएर टिकटकमा भिडिओ हाल्ने युवकलाई प्रहरीले सचेत गराएको छ ।

    images

    पैसा बिछ्याएर सुतेको भिडिओ सामाजिक सञ्जालमा देखिएपछि प्रहरीले ती युवकलाई बोलाएको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए । ‘गुनासो आएपछि हाम्रो ध्यानाकर्षण भयो ।

    खोजी गरी को हो भन्ने पत्ता लगायौं । बोलाएर सचेत गराएका छौं’, उनले भने । महोत्तरी बर्दिबास-१ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने बस्ने Fi_Venom99 ID प्रयोगकर्ता सुलभ आचार्यलाई प्रहरीले बोलाएको हो ।

    प्रहरीले सोधपुछ गर्दा उनले विदेश पढ्न जानका लागि कलेजलाई बुझाउन पर्ने पैसा रमाइलो गर्न खाटमा बिछ्याएर भिडिओ बनाएको बताएका छन् ।

    अबदेखि त्यस्ता खालका भिडिओ बनाएर अपलोड नगर्ने शर्तमा आचार्यलाई छाडिएको डिएसपी साहको भनाई छ । उनीमाथि प्रहरीले केहीदिन निगरानी राखिने प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पैसा बिछ्याएर टिकटक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology