Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७९ शुक्रवार • १०:४८:०६ बजे
  • 862
    SHARES
  • महाकाली अस्पतालमा डायलासिस सेवा चाँडै

    स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।
     
    स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो । टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा जगदिश जोशी, डा जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिना सहभागी थिए । अस्पतालले डायलासिस सेवा सञ्चालनको तयारी गरिरहेको छ ।  
     
    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिनुभयो । अस्पतालले आजदेखि परीक्षणका रुपमा डायलासिस सेवा थाल्ने तयारी गरेको छ ।  

    images

    यसअघि बजेट अभाव तथा स्वास्थ्य सेवा विभागले अनुमति नदिँदा डायलासिस सेवा सञ्चालन हुन सकेको थिएन । “अनुमति पाउन मात्रै बाकीँ थियो”, उहाँले भन्नुभयो, “तत्काल दुई सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी छ ।”
     
    महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउँदले आजदेखि परीक्षण गरेर आगामी सातादेखि सेवा दिने तयारी भइरहेको बताउनुभयो । सङ्घीय सरकारबाट आएको बजेट कटौतीका कारण सेवा दिन ढिलाइ भएको उहाँको भनाइ छ । अस्पतालमा डायलासिस सेवा नहुँदा बिरामीले अन्यत्र जानुपर्ने बाध्यता  छ । 

    “धनगढीस्थित सेती अस्पतालमा मात्रै डायलासिस सेवा छ, तर बिरामीको चापले पालो पाउनै मुस्किल पर्छ”, अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा अर्जुन भट्टले भन्नुभयो । हाल कञ्चनपुरबाट एक सयभन्दा बढी मिर्गौलाका बिरामी डायलासिसका लागि धनगढी तथा सीमावर्ती भारतीय अस्पताल जाने गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # डायलासिस सेवा चाँडै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology