Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७९ शुक्रवार • १०:४९:२५ बजे
  • 331
    SHARES
  • बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

    सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ ।

    images

    पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए । 

    “यीमध्ये १३ परिवारको घर पुनःनिर्माण तथा बाँकीलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । हालसम्म २२ परिवारका लागि जग्गा खरिद गरिएको छ । पाँच परिवारले घर निर्माण सम्पन्न गर्दैछन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलका अनुसार बाढीबाट प्रभावितका लागि आवास निर्माण गर्न प्रति परिवार रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख दिइनेछ ।  

    “यसमा गाउँपालिकाले १० र नगरपालिकाले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । विसं २०७८ असार १ गतेयता आएको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी पाँच सय ५१ घर बगाएको थियो । 

  • सम्बन्धित विषय:

  • # जग्गा उपलब्ध गराइने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology