Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७९ शनिवार • १०:०५:०८ बजे
  • 391
    SHARES
  • हल्का वर्षाको सम्भावना

    हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
     महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    images

    आज काठमाडौँमा बिहानैदेखि आंशिक बदली रहेको छ, अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।  

    राति कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्य रहने छ । कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology