Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमित कैदीको मृत्यु, हत्या भएको परिवारको दावी

केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमित कैदीको मृत्यु, हत्या भएको परिवारको दावी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०७७ मंगलवार • १६:०३:२५ बजे
  • 1.5K
    SHARES
  • केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमित कैदीको मृत्यु, हत्या भएको परिवारको दावी

    केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको गत असाेज ३ गते उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो । बुटवल भैरहवाका ६३ वर्षीय राजलखन जैसवाललाई मृत्युपछि कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।जैसवाल कर्तव्य ज्यान मुद्दामा ८ वर्षदेखि सजाय काटिरहेका थिए । तर, उनको परिवारले जैसवालको हत्या भएको आरोप लगाएको छ ।

    images

    प्रहरीले लाश हेर्न नदिएको बल गरेर हेर्दा लाश पुरै क्षतविक्षत अवस्थामा रहेको पाइएको परिवारले बताएको छ । शवको दुबै आँखा फुटेको र घाँटीमा चोटसमेत रहेको भन्दै परिवारले घटनाको छानविन गर्न माग गरेको छ ।

    प्रहरीले भने जैसवाललाई श्वासप्रश्वासमा समस्या देखिएपछि ३ गते बेलुका साढे ९ बजे केन्द्रीय कारागारकै अस्पतालमा लगिएको र अस्पतालले वीर अस्पताल लग्न भनेपछि लगत्तै वीर अस्पताल लगिएको थियो ।

    उनको मृत्युपछि कोरोना परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ देखिएको केन्द्रीय कारागारले जनाएको छ । उनी पारकिन्सन् रोगबाट ग्रसित थिए । अस्पताल पुर्याएको करिब आधा घण्टापछि उपचारकै क्रममा उनको मृत्यु भयो । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology