Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ज्वाइँको कुटाइबाट ससुराको मृत्यु

ज्वाइँको कुटाइबाट ससुराको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • १०:३६:१८ बजे
  • 583
    SHARES
  • ज्वाइँको कुटाइबाट ससुराको मृत्यु

    सप्तरीमा ज्वाइँको कुटाइबाट ससुराको मृत्यु भएको छ ।

    images

    बोदेबर्साइन नगरपालिका-६ खामगडाका ५५ वर्षीय छठु महतोको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो । गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साइन नगरपालिका-७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।

    ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानीय जीवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो ।

    स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको शनिबार दिउँसो मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

    कुटपिटमा संलग्न ज्वाइँमाथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । महतो प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान सुरू गरेकाे छ ।

  • सम्बन्धित विषय:

  • # ससुराको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology