Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ

आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७९ आइतवार • १३:२१:५३ बजे
  • 595
    SHARES
  • आठ वर्षीय बालिका बलात्कृत, एक भारतीय नागरिक पक्राउ

    रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ।

    आरोपी सोनारको ससुराली कटहरीया बजार छेउमै रहेको छ। शनिबार उनी ससुराली कटहरीया आएका थिए।

    ससुरालीको छिमेकीको घरका अभिभावक महिला पुरुष बाहिर भएको मौका छोपी दिउँसो साढे दुई बजे एकजना ८ वर्षीया बालिकाको मुख थुनेर धर्मेन्द्र साहले जबरजस्ती करणी गरी फरार भएका थिए।

    पीडित बालिका रोईकराई गर्दै घटनाबारे आफ्नो काका र काकीलाई सुनाउँदा काकाले भाग्दै गरेका सोनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कटहरीयाको जिम्मा लगाएका थिए।

    इलाका प्रहरी कार्यालय कटहरीयाका प्रमुख सई अशोक कुमार महतोले बलात्कारका आरोपी भारतीय नागरिक सोनारलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको बताए।

  • सम्बन्धित विषय:

  • # भारतीय नागरिक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology