Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एसइईका विद्यार्थी चढेको जिप दुर्घटना, १ जनाको मृत्यु

एसइईका विद्यार्थी चढेको जिप दुर्घटना, १ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७९ सोमवार • ११:०९:०९ बजे
  • 652
    SHARES
  • एसइईका विद्यार्थी चढेको जिप दुर्घटना, १ जनाको मृत्यु

    कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    images

    सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको कैलालीका एसपी वेन्द्र पालले रातोपाटीलाई बताए ।

    मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसइई दिएर घर फर्किँदै थिए । अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् ।

    घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार हुँदैछ । घाइतेहरू पनि एसइई दिएर फर्किएका हुन् ।

    जिप अनियन्त्रित भएपछि चालकले भित्तामा ठोक्काएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी पालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # १ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology