Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७९ मंगलवार • १०:४७:०२ बजे
  • 532
    SHARES
  • सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई

    सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले रु ५१ हजार पुरस्कार प्राप्त गरे । 

    images

    फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले रु ३५ हजार र नेपालले रु २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले रु २० हजार र पाँचौँ हुने नवीन तुण्डकारले रु १५ हजार पुरस्कार प्राप्त गरे । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोलगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

    पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा चार दिनसम्म सञ्चालित उक्त प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए । 

  • सम्बन्धित विषय:

  • # उपाधि बद्रीलाललाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology