Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

डनहरू खुलेआम बन्दुकसहित हिड्न थाले

डनहरू खुलेआम बन्दुकसहित हिड्न थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७९ मंगलवार • ११:१३:३५ बजे
  • 196
    SHARES
  • डनहरू खुलेआम बन्दुकसहित हिड्न थाले

    राजनीतिक आडमा देशमा गुन्डागर्दी फेरि मौलाउन थालेको छ । कतिपय डनहरू खुलेआम बन्दुकसहित हिड्न थालेका छन् ।

    images


    नेकपा(एमाले) निकट डन चक्रे मिलन(मिलन गुरुङ) बन्दुकसहित हिड्दा पनि प्रहरी मौन देखिएको छ । नेपालगञ्जमा रहेका गुरुङलाई बन्दुकसँग एक व्यक्तिले स्कर्टिङ गरेको भिडियो यतिबेला टिकटकमा भाइरल भइरहेको छ ।

    सोमबारदेखि नेपालगञ्जमा एमाले निकट राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । सो महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेका चक्रेले डन शैली देखाएका हुन् । जहाँ उनी होटलबाट निस्कदा एक व्यक्ति बन्दुक लिएर अगाडि–अगाडि स्कर्टिङ गरिरहेका छन् ।


    सो समूहमा राप्ती सोनारी गाउँपालिका–२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज वली समेत देखिएका छन् । वली पनि गुन्डागर्दीमा संलग्न विवादास्पद वयक्ति हुन् । राजनीति र गुन्डागर्दीको आडमा उनले मुगुवा खोलाको दोहन गर्दै आएका छन् । उनकै सहयोगीले बन्दुक देखाएर स्थानीयलाई तर्साउदै चक्रेलाई स्वागत गरेका थिए । तर, प्रहरी निरिह बनेको देखेर स्थानीय आक्रोशित भएका छन् ।

    पछिल्लो समय डनहरु राजनीतिक ओतमा लागेर शक्तिशाली भइरहेका छन् । दीपक मनाङे मन्त्री नै भइसके भने अरु केही सांसद भएका छन् । गुन्डागर्दी गर्दा कमाएको पैसा नेताहरुलाई बुझाएर डनहरु राजनीतिमा लागेका छन् । यसले राजनीतिमा माफियाकरण बढेको छ ।

  • सम्बन्धित विषय:

  • # बन्दुकसहित हिड्न थाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology