Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार आरोपमा पूर्वन्यायाधीश भुवन गिरी पक्राउ

बलात्कार आरोपमा पूर्वन्यायाधीश भुवन गिरी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७९ मंगलवार • १६:३७:४६ बजे
  • 556
    SHARES
  • बलात्कार आरोपमा पूर्वन्यायाधीश भुवन गिरी पक्राउ

    बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन् ।

    images

    गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ । पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए ।

    यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए । गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो ।

    न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिईन् । तर, प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएनन् ।

    पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पनि निवेदन दिएकी थिईन् । न्यायाधीश गिरीलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडितले पटकपटक सर्वोच्च अदालत अगाडि पुगेर प्रदर्शन गर्ने गरेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology