Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दार्चुलामा प्रेमी–प्रेमिका मृत फेला

दार्चुलामा प्रेमी–प्रेमिका मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • ११:४७:५२ बजे
  • 526
    SHARES
  • दार्चुलामा प्रेमी–प्रेमिका मृत फेला

    दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत भेटिएका छन् ।

    images

    नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेले रातोपाटीलाई बताए । सडकबाट करिब २५० मिटर तल भेटिएको शव प्रहरीले शुक्रवार बिहान उठाएर अस्पतालमा पठाएको छ ।

    मृतकहरु दुवैजना १७ वर्षका छन् । किशोरीको शरीरमा चोटपटक लागेको छ । प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । घटनास्थमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए ।

    चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए । 
     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology