Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए

विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • १९:४५:५६ बजे
  • 409
    SHARES
  • विभिन्न स्थानमा ५ जना मृत अवस्थामा भेटिए

    छुट्टा छुट्टै स्थानमा पाँच जना मृत अवस्थामा भेटिएका छन् ।

    images

    बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने नुवाकोट घर भएका ४० वर्षीय बिरे राई आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

    त्यस्तै, झापाको दमक नगरपालिका-१० जदाहास्थित मावा खोलाको बाँधमा मोरङ उर्लाबारी नगरपालिका(९ चिहानडाँडा बस्ने ४५ वर्षीया शुसिला हेमरम बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

    प्रहरीका अनुसार सप्तरीको राजबिराज नगरपालिका-६ स्थित सडक छेउको खाल्डोमा सोही नगरपालिका ६ थानगाछि डेरा गरी बस्ने सप्तरी राजबिराज नगरपालिका-४ घर भएका ५५ वर्षीय गणेश साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

    यस्तै, सुनसरी, ईनरुवा नगरपालिका-३ त्रिबेणी चोक बस्ने ४५ वर्षीय खेम राज श्रेष्ठ आफ्नै घरको प्यासेजमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

    धादिङ, गल्छी गाउँपालिका-१ जिन्ठेटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology