राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेका सवारी चालक (ड्राइभर) छतबाट खसेर गम्भीर घाइते भएका छन् ।
आज बिहान चितवनस्थित भरतपुर महानगरपालिका–११ मा रहेको एक घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का शम्भु भन्ने दिल बहादुर थापा घाइते भएका हुन् । प्रहरीका अनुसार घटना बिहान ४ बजेको भएको हो ।
उनको खुट्टामा र टाउको चोट लागेको छ । गम्भीर अवस्थामा भेटिएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको चितवन प्रहरीले जनाएको छ ।
रविका ड्राइभर घरको छतबाट खसेपछि मुकुल ढकालका ड्राइभर पक्राउ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक घरको छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान ४ भरतपुर महानगरपालिका–११ स्थित एक घरमा रवि लामिछानेका सवारी चालक सिन्धुपाल्चोक घर भएका दिलबहादुर थापा छतबाट खसेर गम्भीर भएका थिए । उनको गम्भीर अवस्थामा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार थापासँगै सुतेका रास्वपाका प्रवक्ता ढकालका सवारी चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको छ । तीन तले घरमा रहेको सीसीक्यामेरामा दिलबहादुर खस्दै गरेको देखिएको एसपी कार्कीले बताए ।