Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०८० सोमवार • १३:५०:१३ बजे
  • 745
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।

    images

    दुर्घटनामा परी घोराही उपमहानगरपालिका ११ खैराका २६ वर्षीय मोटरसाइकल चालक सन्देश बस्नेत र १७ वर्षीय गोपाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

    आज (सोमबार) बिहान भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु२ख ३८१ नम्बरको ट्रकले लु७३प ११६२ नम्बरको मोटरसाइकललाई घोराही ११ खैरा चोकमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

    एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology