Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेबाट कोरोना जोखिम बढ्दै

भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेबाट कोरोना जोखिम बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ७, २०७७ बुधवार • ०८:३६:४२ बजे
  • 4.5K
    SHARES
  • भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेबाट कोरोना जोखिम बढ्दै

    लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ । तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन ।

    images
    यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन् । उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो । लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम उच्च रहेको छ । आगामी दिनमा उनीहरुका कारण विशेषगरी काठमाडौं संक्रमणको उच्च जोखिममा पर्ने सरोकारवाला बताउँछन् ।

    चैत १० गते मन्त्रिपरिषद् बैठकले नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि पटकपटक सीमानाका बन्द हुने निर्णयले निरन्तरता पाइरहेको छ। पछिल्लो पटक भदौ २९ को सरकारी निर्णयअनुसार असोज मसान्तसम्म सीमानाका बन्द हुनेछन् । मालवाहक गाडीबाहेक अन्य सीमानाकाबाट आवतजावत गर्न नपाइने निर्णय भए पनि भारतबाट मानिस लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology