Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

ओमानविरूद्ध चौका हान्ने क्रममा भीम सार्कीको ब्याट भाँच्चिएपछि...

ओमानविरूद्ध चौका हान्ने क्रममा भीम सार्कीको ब्याट भाँच्चिएपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०८० शुक्रवार • १०:२१:१० बजे
  • 532
    SHARES
  • ओमानविरूद्ध चौका हान्ने क्रममा भीम सार्कीको ब्याट भाँच्चिएपछि...

     एसीसी प्रिमियर कप क्रिकेटमा ओमानविरूद्ध ब्याटिङको क्रममा भीम सार्कीको ब्याट भाँचिन पुगेको छ।

    images

    खेलको आठौं ओभरको तेस्रो बलमा ब्याटिङ गर्ने क्रममा उनको ब्याट भाँचिएको हो। बिलाल खानले फालेको बललाई बाउन्ड्री छुवाउने क्रममा उनको ब्याट भाँचिएको हो।

    ब्याट भाँचिएपछि मैदानमा खेलाडीहरूबीच केही क्षण आश्चर्य र रमाइलोको माहोल बनेको थियो। भीम सार्कीले भाँचिएको ब्याट साटेपछि खेल लगत्तै सुरू भएको छ।

    ओमानविरूद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले १५ औं ओभर चलिरहँदा २ विकेट गुमाएर ५२ रन बनाएको छ। ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल शुन्य रनमै आउट भएपछि कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन्।

    भीम सार्कीले ३१ रन बनाएर खेलिरहँदा रोहित पौडेलले २१ रन बनाएका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology