Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्वीटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो

ट्वीटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०८० शुक्रवार • १०:५१:४५ बजे
  • 589
    SHARES
  • ट्वीटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो

    एजेन्सी । ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ ।

    images

    कम्पनीका मालिक एलन मस्कले गत साता घोषणा अनुसार ट्वीटरले आफ्ना प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहिबार मध्यरातिदेखि लागु हुने गरी हटाएको हो ।

    यससँगै हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्वीटर एकाउन्टवाट ब्लु टिक हटेको छ । मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए ।

    उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

    ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रममा भेरिफाइड एकाउन्टबाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

    नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने हजारौं थिए, तर बिहिबार रातिबाट सबैजसोको हटेको छ । नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर (करिब ११ हजार रुपैयाँ) तिर्नु पर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology