Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते

पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • १०:३६:५५ बजे
  • 478
    SHARES
  • पाल्पाको जोरधारामा बस दुर्घटना : एक जनाको मृत्यु, १८ जना घाइते

    पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा आज (आइतबार) बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

    images

    बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा परि घाइते १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको डिएसपी थापाले बताए ।

    बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology