Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राउटे समुदायको व्यवस्थापन गर्न माग

राउटे समुदायको व्यवस्थापन गर्न माग

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

बैशाख १०, २०८० आइतवार • १०:४२:४० बजे
  • 874
    SHARES
  • राउटे समुदायको व्यवस्थापन गर्न माग

    जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ ।

    images

    तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भन्नुभयो, “राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ ।   सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने कुरा जिन्सी सामान प्रदान गर्नुपर्छ ।  नगद कारोबार बन्द गर्नुपर्छ ।  तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनुपर्दछ ।” 

    दैलेख उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकारले पौष्टिक आहार प्रवद्र्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ । ” 
    सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोठ दिनुभयो ।  उनीहरुलाई विस्तारै–विस्तारै आत्मनिर्भर अभियानमा जोड्न उहाँले सुझाव दिनुभयो । 

    स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर उनीहरूलाई नगद प्रवाहको विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका वस्तुको सहज उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ तीनै तहका सरकारले विशेष निगरानी गर्ने टोली परिचालन गर्नुपर्छ । नत्र राउटेको अस्तित्व सङ्कटमा पर्न सक्छ ।”

  • सम्बन्धित विषय:

  • # राउटे समुदाय
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology