Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिंगापुरमाथि युएईको उत्कृष्ट जित

सिंगापुरमाथि युएईको उत्कृष्ट जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • २०:२६:१७ बजे
  • 565
    SHARES
  • सिंगापुरमाथि युएईको उत्कृष्ट जित

    एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिंगापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

    images

    यस जितसँगै युएईले चार अंक जोडेको छ । युएईले दिएको चार सय ७२ रनको विजयी लक्ष्य पच्छाएको सिङ्गापुर निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ७० रनमा समेटियो ।

    सिङ्गापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै थिलिप उमीदुराईले ५२ रन जोडे भने सुरेन्द्रर चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८/३८ रन बनाए । युएईका लागि सचित शर्मा, कात्तिक मैयप्पन र आयन अफजल खानले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सवै विकेट गुमाउदैँ चार सय ७१ रनको योगफल तयार बनाएको थियो ।

    युएईका लागि युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्धतमा एक सय ७४ रन जोडेका हुन् ।

    त्यसैगरी, युएईका कप्तान मोहम्मद वासिमले एक सय ६० रन जोडे । उनले ८२ बलमा ९ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए ।

    उनले ५० बलमा ९ चौका र ३ छक्कासहित ७४ रन बनाएका हुन् । यस्तै, युवा ओपनर आर्यन लाक्रा सात बलमा दुई चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे ।

    त्यस्तै, विनोथ भास्करनले दुई विकेट लिँदा मनप्रीत सिंहले एक विकेट लिए । उक्त प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा सोमबार नेपालले साउदी अरेबियासँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # युएईको उत्कृष्ट जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology