Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आगलागीबाट आठ घर खरानी

आगलागीबाट आठ घर खरानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०८० आइतवार • २०:५३:३६ बजे
  • 499
    SHARES
  • आगलागीबाट आठ घर खरानी

    महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा आज दिउँसो आगलागी हुँदा आठवटा घर खरानी भएका छन् ।

    images

     जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी सरोज राईका अनुसार आज दिउँसो अचानक स्थानीय गफार शेष, सतार शेष, सदरे शेष, अन्सारुल मोमिन, इलझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घरमा आगलागी भई लाखौँको क्षति भएको छ ।

     आगलागीमा परी गफार शेषको घरमा पाँच लाख, सतार शेषको घरमा चार लाख, सदरे शेषको घरमा चार लाख, अन्सारुल मोमिनको घरमा दुई लाख ५० हजार, इलझारुल मोमिनको घरमा तीन लाख, अतिम नदाफको घरमा पाँच लाख, तालिम मोमिनको घरमा दुई लाख र राजकिशोर मुखियाको घरमा दुई लाख ५० हजारको क्षति भएको छ ।

     समयमा वारुणयन्त्र पुग्न नसक्दा आगलागी नियन्त्रणमा लिन नसकिएको पीडितहरूको गुनासो रहेको छ । यता मटिहानी नगरपालिकामा वारुण यन्त्र नहुँदा समयमा आगलागी नियन्त्रणमा लिन नसकी आठ परिवारको सबैथोक जलेर खरानी भएको भन्दै स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित भएका छन् । 

     आगलागी स्थानीयवासी राजकिशोर मुखियाको घरबाट सल्किएर विस्तारै आठजनाकै घरमा पुगेको र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगदसहितका सबै सरसामान गरी २८ लाखको क्षति भएको थियो । दिउँसो १२ देखि २ बजेसम्म भएको आगलगी जलेश्वर नगरपालिकाको वारुण यन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।  

  • सम्बन्धित विषय:

  • # आगलागीबाट आठ घर खरानी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology