Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १०:०३:२६ बजे
  • 439
    SHARES
  • सन्दीपको मुद्दामा आज अन्तिम सुनुवाइ

    क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

    images

    सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार) का लागि पेसी तोकिएको हो । यसअघि गत बुधबार पीडितको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ ।

    यससँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो ।

    यसअघि नै अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भए पनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए ।

    यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो । उनीहरू दुवै जनाको बकपत्र बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा गराइएको हो ।

    यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # आज अन्तिम सुनुवाइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology