Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

डढेलोले वन सखाप

डढेलोले वन सखाप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०८० सोमवार • १०:५९:५४ बजे
  • 472
    SHARES
  • डढेलोले वन सखाप

    सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । 

    images

    जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको  जङ्गल डढेलोले सखाप पारेको हो । 

    त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जङ्गल पनि डढेलोले सखाप भएको छ । 

    जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन ।

    यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । बर्सेनि जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उहाँले बताउनुभयो । 

  • सम्बन्धित विषय:

  • # डढेलोले वन सखाप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology