Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टाउको फुटेको अवस्थामा महिलाको शव भेटियो

टाउको फुटेको अवस्थामा महिलाको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०८० मंगलवार • १०:०२:२७ बजे
  • 877
    SHARES
  • टाउको फुटेको अवस्थामा महिलाको शव भेटियो

    सर्लाहीको लालबन्दीमा एक महिलाको शव फेला परेको छ।

    images

    लालबन्दी नगरपालिका-६ स्थित ग्रामीण सडकमा सोमबार टाउको फुटेर मृत्यु भएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। करिब ६० वर्षीया ती महिलाको शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय (लालबन्दी) का प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए।

    उक्त शव मागी खाँदै हिँड्ने महिलाको हुनसक्ने प्रहरीको भनाइ छ । सडकमा सुतेका बेला गाडीले किच्दा उनको मृत्यु भएको अनुमान प्रहरीको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्की बताए।

  • सम्बन्धित विषय:

  • # एक महिलाको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology