Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ट्र्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

ट्र्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०८० मंगलवार • १०:२५:५९ बजे
  • 439
    SHARES
  • ट्र्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, २ घाइते

    मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    images

    मकवानपुरको मनहरि–३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३–००१त ७१८८ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

    दुर्घटनामा परि अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

    उनका अनुसार दुर्घटनामा मनहरी–३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # ३ जनाको मृत्यु, २ घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology