Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

झुटो समाचार दिने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

झुटो समाचार दिने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०८० मंगलवार • १६:०२:०५ बजे
  • 493
    SHARES
  • झुटो समाचार दिने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

    फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई अधिकारी कारबाहीमा परेका छन् ।

    images

    नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुवईका लागि उडेको जहाजमा चरा ठोक्किएको भन्ने भ्रमपूर्ण समाचार दिएको भन्दै फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

    सोमबार राति ९ः२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो ।

    एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो ।

    प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो ।

    फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएर उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology