Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप दुर्घटनामा सहचालकको मृत्यु

जीप दुर्घटनामा सहचालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०८० बिहिवार • १०:४४:५६ बजे
  • 484
    SHARES
  • जीप दुर्घटनामा सहचालकको मृत्यु

    गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

    images

    गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ  बडिगाड –९ का १८  वर्षीय  किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । दुर्घटनामा परी जीप चालक  बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ । 

    जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । दुर्घटना हुँदा जीप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ । ‘ब्रेकफेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । 

  • सम्बन्धित विषय:

  • # सहचालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology