Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एसीसी कप : नेपालले गुमायो लगातार तीन विकेट

एसीसी कप : नेपालले गुमायो लगातार तीन विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८० शनिवार • १०:५४:०८ बजे
  • 604
    SHARES
  • एसीसी कप : नेपालले गुमायो लगातार तीन विकेट

    एसीसी प्रिमियर कपको जारि सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थाल्दै राम्रो सुरुआत गरेको नेपालले पाओर प्लेको समाप्तिमा कुनै पनि विकेट गुमाएको थिएन । तर, १२।१ ओभरमा नेपालले तीन विकेट गुमाइसकेको छ ।

    ओपनर कुशल भुर्तेल १०।५ ओभरमा अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । उन्ले आउट हुनु अघि, आसिफ शेखसँग ७७ रनको साझेदारि गरेका थिए ।

    अहिले नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् ।

    नेपालले अहिले १६ ओभरमा ३ विकेट गुमाएर ९५ रन बनाएको छ । समूह ‘बी’का उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो ।कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

    नेपाल टिममा कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी छन् ।

  • सम्बन्धित विषय:

  • # एसीसी कप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology