Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निरु हत्या प्रकरण : झापाबाट एक बाउन्सर पक्राउ

निरु हत्या प्रकरण : झापाबाट एक बाउन्सर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०८० आइतवार • ०९:१७:५३ बजे
  • 508
    SHARES
  • निरु हत्या प्रकरण : झापाबाट एक बाउन्सर पक्राउ

    काठमाडौंको कपनस्थित सरस्वती नगरमा नीरा पाण्डे(निरु) को हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना बाउन्सरलाई पक्राउ गरेको छ।

    images

    पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा झपाबाट गएराति विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिए ।

    अभियुक्त विक काठमाडौंमा बाउन्सरको काम गर्थे। नीराको हत्यापछि उनी भागेर झापा पुगेको प्रहरीले जनाएको छ । कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको वैशाख ७ गते दिनदाहाडै पसलमै हत्या भएको थियो।

    उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको थियो। घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले ५/७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो। अभियुक्तका विषयमा प्रहरीले विस्तृत विवरण खुलाइसकेको छैन।

  • सम्बन्धित विषय:

  • # एक बाउन्सर पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology