Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती

नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०८० मंगलवार • १०:३५:५० बजे
  • 589
    SHARES
  • नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती

    एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटियो । हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ विकेट गुमाउँदै एक सय छ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो ।

    images

    युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ५४ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए ।

    नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलोपटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।

  • सम्बन्धित विषय:

  • # एक सय १७ रनको चुनौती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology