नेपालबाट करण प्रतेलको नेतृत्वमा फिलिपिन्स पुगेका नेपाली खेलाडीले ४ स्वर्ण र १ रजत जितेका छन ।
फिलिपिन्सको मान्दालुयोङ सहरमा सम्पन्न भएको समर सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा भाग लिनका लागि सिएच आईटीएफ तेक्वान्दो नेपालबाट ३ खेलाडी र १ जना रेफ्री सहभागी भएका थिए । उक्त प्रतियोगितामा नेपालले ४ स्वर्ण १ रजत हात पारेको छ।
नेपालबाट भाग लिएका प्रकाश भण्डारीले (६५-७०)तौल समूह इन्डिभिजुअल स्पेयरिंग पुरुष तर्फ स्वर्ण पदक हासिल गरेका छन् । त्यसैगरी महिला तर्फ सन्सिला बिकले (५५-६०) तौल समूह इन्डिभिजुअल स्पेयरिंग महिला तर्फ स्वर्ण पदक हासिल गरेकी छिन् । महिला तर्फको काटामा बिकले नै स्वर्ण पदक हात पर्न सफल भएकी छिन् ।
त्यसैगरी पुरुष तर्फ इन्डिभिजुअल स्पेयरिंगमा रिषभ श्रेष्ठले (९०-९५) तौल समुहमा स्वर्ण हासिल गरेका छन् भने काटमा रजत पदक हासिल गरेका छन् । यो सँगै नेपालको लागि सिएच आईटीएफ तेक्वान्दोमा अन्तर्राष्ट्रिय खेलमा ठुलो उपलब्धि हासिल गरेको छ।