Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अहिलेसम्मकै प्रभावकारी भनिएको कोरोनाविरुद्धको खोप एक डोजले नै मानिसलाई कोरोना संक्रमणमुक्त गराउन सक्छ

अहिलेसम्मकै प्रभावकारी भनिएको कोरोनाविरुद्धको खोप एक डोजले नै मानिसलाई कोरोना संक्रमणमुक्त गराउन सक्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७७ बिहिवार • १०:५०:०२ बजे
  • 4.4K
    SHARES
  • अहिलेसम्मकै प्रभावकारी भनिएको कोरोनाविरुद्धको खोप एक डोजले नै मानिसलाई कोरोना संक्रमणमुक्त गराउन सक्छ

    एजेन्सी । कोरोना संक्रमणको विश्वब्यापी महामारीका कारण सबैको ध्यान केवल यसलाई निको पार्ने खोपमै अडिएको छ । तर सबैका लागि उपलब्ध भैसकेको छैन । यद्यपी निरास भैहाल्नुपर्ने अवस्था भने छैन ।

    images
    किनकी हालसम्म थुप्रै खोपहरु तेस्रो अर्थात अन्तिम चरणको परीक्षणका क्रममा रहेका छन । त्यस्तै कोरोना भाइरसविरुद्धका खोप विकास गरिरहेका अमेरिकी कम्पनीहरु मध्येको चौथो कम्पनी जनसन एण्ड जनसनले विकास गरेको खोपको पनि तेस्रो चरणको परीक्षण सुरु भएको छ ।

    कंपनीले दावी गरे अनुसार यो खोप पहिलो खोप हो, जसको एक डोजले नै मानिसलाई कोरोना संक्रमणमुक्त गराउँछ । जबकी अन्य खोपहरु भने २ डोज लगाउनु पर्छ ।

    जनसन एण्ड जनसन कंपनीको यो खोप सफल भए यसको वितरण पनि निकै सजिलो हुनेछ । किनकी यसलाई लामो समयसम्म राख्न विशेष फ्रिजरको सट्टा सामान्य फ्रिज पर्याप्त हुन्छ ।

    यो खोपलाई सामान्य फ्रिजमा ३ महिनासम्म राख्न सकिन्छ । जबकी अन्य खोपहरुलाई फ्रोजोन वा अल्ट्रकोल्ड तापक्रममा राख्नु पर्छ । यो खोपको तेस्रो अर्थात अन्तिम चरणको परीक्षणमा ६० हजार मानिसहरु सहभागी भएका छन ।

    अमेरिकाका २१५ स्थानमा यो खोपको अन्तिम परीक्षण चलिरहेको छ । अन्य मुलुकमा पनि परीक्षणको तयारी भैरहेको छ । यो खोपको पहिलो र दोस्रो चरणको परीक्षणको नतिजा राम्रो आएको थियो ।

    अहिले जारी अन्तिम चरणको परीक्षणको नतिजा यस बर्षको अन्त्यसम्म प्राप्त हुने कंपनीले विश्वास लिएको छ । परीक्षण सफल भए अर्को बर्षदेखि खोपको उत्पादन सुरु गर्ने कंपनीले योजना बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology