Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

होटेल सञ्चालक र यौनकर्मी महिलासहित ७ जना पक्राउ

होटेल सञ्चालक र यौनकर्मी महिलासहित ७ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८० बिहिवार • ०९:५४:४४ बजे
  • 643
    SHARES
  • होटेल सञ्चालक र यौनकर्मी महिलासहित  ७ जना पक्राउ

    रौतहटको मध्य भाग तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना पक्राउ परेका छन्।

    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट गएको संयुक्त टोलीले गरुडा स्थित अनिता होटेल एण्ड लजमा छापामारी होटेल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा होटेल सञ्चालक माधव नारायण नगरपालिका ३ का निरञ्जन यादव, दुई जना यौनकर्मी महिला तथा चारजना पुरुष रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकास खनालले बताएका छन्।

    अनिता होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाको आधारमा बुधबार साँझ जिल्ला प्रहरी कार्यालय गौर तथा गरुडाका संयुक्त प्रहरी टोलीले छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन्।

    पछिल्लो केही दिन अघि उक्त होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना आएपछि होटेल सञ्चालन यादवलाई बोलाएर त्यस्तो कार्य नगर्न सम्झाई बुझाई समेत गर्दा पनि अटेर गर्दै आएको डिएसपी खनालले बताएका छन् ।

    यसअघि प्रहरीले सदरमुकाम गौर स्थित होटेल रोयल ईन्दु र साहिवा ब्युटी पार्लरमा छापामारी यौन धन्धामा संलग्न झन्डै एक दर्जन महिला पुरुष तथा सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology