Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईपीएलमा कोलकाता ५ रनले विजयी

आईपीएलमा कोलकाता ५ रनले विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०८० शुक्रवार • १०:१९:२१ बजे
  • 568
    SHARES
  • आईपीएलमा कोलकाता ५ रनले विजयी

    इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ५ रनले हराएको छ ।

    images

    जितका लागि १७२ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षति १६६ रनमात्र बनाएपछि कोलकाता ५ रनले विजयी भएको हो । हैदरावादका कप्तान एडन मारक्रमले ४१ रन बनाए ।

    एकपछि अर्को विकेट गुमिरहेको बेला हेनरिक क्लासन र माक्रमले ७० रनको साझेदारी गरे । क्लासनले ३६ रन बनाए । यस्तै हैदरावादका अब्दुल समदले २१ रन जोडे ।

    मयंक अग्रवालले १८ र राहुल त्रिपाठी २० रनमा आउट भए । बलिङतर्फ कोलकाताका वैभव अरोरा र शार्दुल ठाकुरले समान २–२ विकेट लिए ।

    हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

    कोलाकाताको लागि कप्तान नितिश राणाले ४२ र रिंकु सिंहले ४६ रन बनाए । आन्द्रे रसेलले २४ रन बनाएका थिए । यो जितसँगै कोलकाता आईपीएलको अंक तालिकामा आठौं स्थानमा पुगेको छ भने हैदरावाद नवौं स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # कोलकाता ५ रनले विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology