Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथी खुकुरी प्रहार

डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथी खुकुरी प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०८० शनिवार • ०९:५८:४५ बजे
  • 571
    SHARES
  • डिउटीमा खटिएका सशस्त्र प्रहरीमाथी खुकुरी प्रहार

    कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ ।

    images

    जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्चनभोजमा रहेको बोर्डर आउट पोष्टका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र चैंसिरमाथि शुक्रबार राति स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

    शुक्रबार राति करिब साढे १० बजेको समयमा चैसिरमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी प्रकाश डाँगीले बताए ।

    उनकाअनुसार स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको थियो ।

    उनको बायाँ पाखुरामा चोट लागेको छ । चैसिर गस्तीमा खटिएको समयमा १०/१५ जनाको समूहले खुकुरी प्रहार गरेको बताउँदै उनीहरुको खोजी भइरहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology