Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साउदी यात्राका लागि मेस्सीले मागे माफी

साउदी यात्राका लागि मेस्सीले मागे माफी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०८० शनिवार • १०:०५:३५ बजे
  • 682
    SHARES
  • साउदी यात्राका लागि मेस्सीले मागे माफी

    पेरिस । फुटबल खेलाडी लियोनेल मेस्सीले आफ्नो पेरिस सेन्ट-जर्मेन टोलीका साथीहरूसँग माफी मागेका छन् ।

    images

    अनाधिकृत रुपमा साउदी अरबको यात्रा गरेको भन्दै क्लबले क्लबले उनलाई दुई साताका लागि निलम्बन गरेको छ । अर्जेन्टिनाका कप्तानसमेत रहेका मेस्सी आइतबार लोरिएन्टसँग पीएसजीको घरेलु हार पछि साउदी पुगेका थिए ।

    पछिल्ला छ खेलमा पीएसजीको यो तेस्रो हार थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट भिडियोपोष्ट गर्दै क्लबसँग माफी मागेका हुन् उनले आफुबारे के निर्णय गर्छ भन्नेबारेमा पर्खने बताएका छन्।,

    ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबले के निर्णय गर्छ त्यो हेर्न म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक सोचेँ कि हामीले खेल पछिको दिन बिदा लिनेछौँ, जुन अघिल्लो हप्ताहरूमा भएको थियो।

    मैले साउदी अरबको योभन्दा अघिल्लो यात्रा रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिनँ।’ ३५ वर्षीय खेलाडी साउदी अरबका लागि पर्यटन दूतको भूमिकामा छन् । यो सिजनको अन्त्यमा सम्झौता सकिएपछि मेस्सी पीएसजी छाड्ने तयारीमा छन् ।

  • सम्बन्धित विषय:

  • # मेस्सीले मागे माफी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology