Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

५४ तोला अवैध सुनसहित अन्य के–के भयो बरामद ...

५४ तोला अवैध सुनसहित अन्य के–के भयो बरामद ...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०८० शनिवार • १८:५०:३५ बजे
  • 223
    SHARES
  • ५४ तोला अवैध सुनसहित अन्य के–के भयो बरामद ...

    विराटनगरबाट प्रहरीले अवैध ५४ तोला सुन, ७ लाख ९० हजार भारतीय रुपैयाँसहित बरामद सामानको विवरण सार्वजनिक गरेको छ ।

    images

    प्रहरीले सार्वजनिक गरेको विवरणमा ठूलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ थान (६ तोला), पाँच ग्रामको बिस्कुट २ थान (१० ग्राम), सुनका सिक्काहरु (३६ ग्राम), चार ग्रामको सिक्का १० थान (४० ग्राम), १० ग्रामको सिक्का १ थान, आठ ग्रामको सिक्का ६ थान (४८ ग्राम), १० ग्रामको सिक्का २ थान (२० ग्राम), कनौती २ थान (५.७८ ग्राम) र ह्यालिङ २ थान (६.५० ग्राम) गरेर ५४ तोला सुन रहेको छ ।

    यस्तै चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको सामाग्रीहरुमा ढिक्का ११ थान (१७१९.४४ ग्राम), बुनिया (९२.८० ग्राम), सिक्का ६८ थान (३६८.३२ ग्राम), चार मुखे कचौरा (दियो) १ थान (५०.१४ ग्राम), सिन्दूर राख्ने सिसी १ थान (५.४८ ग्राम), थाल ६ थान (२४१४.०८ ग्राम), कचौरा ६ थान (३९७.८४ ग्राम), चम्चा ६ थान (३०३.४९ ग्राम), गिलास ६ थान (३६८.८३ ग्राम), मड्की १ थान (३७.८८ ग्राम) र डिनरसेट ढोंगा ४ थान रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले मोरङ विराटनगर महानगरपालिका–१५ बाट उक्त सामान बरामद गरेको हो । को २ च १४९५ नम्बरको भेनमा उक्त सामान सहित सवार रहेका ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भेन चालक विराटनगर–२ का ५२ वर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ वर्षीय विनोद कुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारका रहेका छन् ।

    शुक्रबार दिउँसो साढे ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट परिचालन भएको प्रहरी वरिष्ठ नायव निरीक्षक फिरोज चौधरीसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न दरका ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ बराबरको भारतीय रुपैयाँ समेत बरामद गरेको छ ।

    बरामद गरिएका सामानहरु ९० लाख मूल्य बरावरको रहेको प्रहरीको दाबी छ । थप अनुसन्धानका लागि उक्त सामान जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ५४ तोला अवैध सुनसहित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology