नेपाल-चीन सीमा छुट्याउने '११ नम्बर पिलर' फेला परेको छ । सीमास्तम्भ फेला परेसँगै रेखाङ्कन प्रक्रिया सुरु गरिएको छ सीमास्तम्भ नाम्खा गाउँपालिका-६, टाकुलेमा फेला परेको गाउँपालिकाले जनाएको छ ।
हुम्लाका प्रजिअ चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार सीमा पिलर फेला पारेको बताएका छन् । स्तम्भमा नेपालतर्फ २०१९ साल र चीनतर्फ सन् १९६२ लेखिएको छ । यसअघि सीमा पिलर खोज्न गएको टोली लाप्चाबाटै फर्किएको थियो ।