Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

भारत लैजादै गरेको ५४ तोला सुन र ८ केजी चाँदीसहित ३ जना पक्राउ

भारत लैजादै गरेको ५४ तोला सुन र ८ केजी चाँदीसहित ३ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०८० आइतवार • १२:४५:०९ बजे
  • 661
    SHARES
  • भारत लैजादै गरेको ५४ तोला सुन र ८ केजी चाँदीसहित ३ जना पक्राउ

    कोशी प्रदेश प्रहरीले ५४ तोला सुन र आठ केजी चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ ।

    images

    विराटनगरको रानी नाकाबाट भारततर्फ लैजान लागेको अवैध ५४ तोला सुन र आठ केजी चाँदीसहित भारतीय नागरिक ६१ विनोद कुमार मुरारका, उनकी ५६ वर्षीया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका विनोद दुगड ग्रुपका लेखापाल रहेका खुलेको छ । उनी आफ्नो घर भारतको विहार कटिहार जान लागेका थिए । तर, उनीहरुलाई प्रहरीले अवैध सुनचाँदी र ७ लाख ९५ हजार २८९ भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology