Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०८० आइतवार • २०:३६:०२ बजे
  • 733
    SHARES
  • म्याग्दीमा पशु पूर्ण खोप कार्यक्रम

    म्याग्दीका सबै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । 

    images

    खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका छ वटै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन भएको हो । 

    केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जिल्लाभर एक लाख दश हजार छ सय ३३ गाई, भँैसी, बङ्गुर, बाख्रा, भेडा, कुकुर र चौरीगाईलाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । बेनी नगरपालिका, अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा अभियान सञ्चालन भएको छ । 

    “रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा खोप लगाउने काम सकिएको छ,” आचार्यले भन्नुभयो, “मालिका र धवलागिरिमा खोप अभियान सञ्चालनको तयारीमा छौँ ।”

    किसानका पशुफार्म तथा गोठमा पुगेर पशु चौपायाको तथ्याङ्क सकलन, खोपकर्ता नियुक्ती, जनप्रतिनिधि र अगुवा किसानलाई अभिमुखीकरण गरी खोप लगाउन प्राविधिकलाई परिचालन गरिएको हो । पूर्ण खोप अभियानका लागि एक वटा वडामा भूगोल र पशुसङ्ख्याको आधारमा दुईदेखि तीन जनाको दरले प्राविधिक र खोपकर्ता परिचालन गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताउनुभयो ।

     “सबै प्राविधिकलाई तालिम दिएर पूर्ण खोपका लागि परिचालन गरिएको छ”, उहाँले भन्नुभयो । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । बेनी नगरपालिकामा सत्र हजार चार, मङ्गला गाउँपालिकामा १३ हजार ९५, मालिकामा १७ हजार आठ सय ४६, रघुगङ्गामा २५ हजार तीन सय ७५, धवलागिरीमा १५ हजार आठ सय ९१ र अन्नपूर्णमा २१ हजार चार सय २२ पशुलाई खोप लगाउने लक्ष्य छ । 

    किसानको फार्म र गोठमा पुगेर पिपिआर, खारेत, भ्यागुते, चरचरे, कलासिकल स्वाइन फिवर र रेविज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको छ । पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय हो । 

    पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्ने विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजना अनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ वटा जिल्लामा अभियान सञ्चालन गरेको छ । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology