Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा 'लखन थापा स्मृति रनिङ शिल्ड गोल्ड कप' अन्तर नेपाली भलिवल प्रतियोगितको तयारी पूरा

कुवेतमा 'लखन थापा स्मृति रनिङ शिल्ड गोल्ड कप' अन्तर नेपाली भलिवल प्रतियोगितको तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख २७, २०८० बुधवार • १४:३८:३४ बजे
  • 1.1K
    SHARES
  • कुवेतमा 'लखन थापा स्मृति रनिङ शिल्ड गोल्ड कप' अन्तर नेपाली भलिवल प्रतियोगितको तयारी पूरा

    कुवेत - नेपाल मगर सँघ शाखा कुवेत को आयोजनामा हुन गईरहेको "प्रथम शहिद क्या लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप" अन्तर नेपाली भलिवल प्रतियोगिताको सम्पूर्ण तयारी भएको मगर सँघ शाखा कुवेतका महासचिव श्रवण गाहा मगरले जानकारी दिएका छन ।

    images

     कुबेतस्थित अबुहालिफा सहिल स्पोर्टस क्लवको कभर्ड हलमा  १२ मे २०२३ शुक्रवारको दिन हुन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरिसकेको छ । प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिता जम्मा १० नेपाली टिमहरुले सहभागीता जनाएका छन।  उक्त प्रतियोगितालाई सम्पन्न गर्नको लागि BEC Exchange कुवेतले मुख्य प्रायोजन रहेको छ। 

    प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत (A) टिम र कल्याणकारी नेपाली यूवा समाज कुवेत टिम बिच हुनेछ। मगर सँघ कुवेतका सल्लाहकार हिरा दर्लामी मगरको संयोजकत्व सम्पन्न हुन लागेको खेलमा प्रथम,द्वित्तिय बेष्ट टिमलाई नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ। पुरस्कारको राशी प्रथम हुने टिमलाई  २५० केडी, द्वितीय  हुने टिम लाई १५० केडी र बेष्ट टिम लाई ट्रफि, प्रमाणपत्र र २० केडि नगद तय गरेको छ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली  प्रमुख, प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी समाजसेवी, पत्रकारलाई पत्रचार गरिसकेको र कथम कदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी कार्यक्रमा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

    जानकारीको लागि :
    खेल हुने मिति : १२ मे २०२३ शुक्र्बार
    समया :बिहानको ठिक ०८.०० बजेदेखी
    खेल मैदान :अबुहलिफा सहिल स्पोर्टस
    आयोजक : नेपाल मगर संघ शाखा कुवेत

    विस्तृत जानकारीको लागि :-
    जय आले मगर :- 66187107
    उत्तम थापा मगर :- 98065299
    श्रवण गाहा मगर :- 69058027

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology