Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

टाउको र शरीर छुटिट्एको अवस्थामा एक भारतीय युवकको शव भेटियो

टाउको र शरीर छुटिट्एको अवस्थामा एक भारतीय युवकको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८० बिहिवार • १०:५३:२४ बजे
  • 766
    SHARES
  • टाउको र शरीर छुटिट्एको अवस्थामा एक भारतीय युवकको शव भेटियो

    सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा टाउको छिनाएको अवस्थामा एक भारतीय युवकको शव फेला परेको छ ।

    images

    हरिपूर्वा नगरपालिका-१ पथरा पुलस्थित मसला (भिस) घारीमा भारतको सीतामढी सोनवर्षा ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ को टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो ।

    बुधवार साँझ ५ बजेतिर बीभत्स ढङ्गले हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएकाे छ । शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा शव फेला परेको छ ।

    घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राखेकाे थियाे ।

    सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

    भारतीय युवकको बीभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन्। घटनास्थलमा कुनै हतियार फेला परेको छैन। यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology