Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि एमडीएमएस लागु, दर्ताबिनाका मोबाइल ‘नेटवर्क लक’ हुने

आजदेखि एमडीएमएस लागु, दर्ताबिनाका मोबाइल ‘नेटवर्क लक’ हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८० सोमवार • १०:२३:४४ बजे
  • 727
    SHARES
  • आजदेखि एमडीएमएस लागु, दर्ताबिनाका मोबाइल ‘नेटवर्क लक’ हुने

    मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज (जेठ १) गतेदेखि लागु हुँदैछ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

    images

    आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ ।

    व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू भने सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्नुपर्नेछ । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

    आइएमइआई दर्ता गर्न कुनै शुल्क लाग्दैन । नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएसमा दर्ता भए/नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।

    प्रणालीमा दर्ता नभएका मोबाइलको ‘नेटवर्क लक’ गरिने छ । लक भएका त्यस्ता मोबाइलमा नेपालका दूरसञ्चार कम्पनीको सेवा उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology