Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३६ करोड बक्यौता नबुझाए पछि उदयपुर सिमेन्टको बिजुली काटियो

३६ करोड बक्यौता नबुझाए पछि उदयपुर सिमेन्टको बिजुली काटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८० सोमवार • १०:२८:३७ बजे
  • 406
    SHARES
  • ३६ करोड बक्यौता नबुझाए पछि उदयपुर सिमेन्टको बिजुली काटियो

    नेपाल विद्युत प्राधिकरणले उदयपुर सिमेन्ट उद्योगको बिजुली कटौती गरेकमो छ ।

    images

    प्राधिकरणलाई बुझाउनु पर्ने ३६ करोड बक्यौता नबुझाए पछि आइतबारबाट बिद्युत काटिएको हो ।

    बिद्युत काटिए पछि उदपुर सिमेन्ट उद्योगको सञ्चालन नै अन्यौलमा परको छ । नियमित उत्पादन प्रक्रियामा जान नसकेको कारण २ अर्ब ९ करोड आर्थिक भार परिरहेको बेला बत्तिसमेत काटिए पछि उद्योग थप संकटमा परेको छ ।

    उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार एक साता अघि पत्र पठाएर भुक्तानी दिनका लागि अनुरोध गरे पनि उद्योगले भुक्तानी नदिए पछि आइतवारबाट बिजुली काटनु परेको जानकारी दिए ।

    ‘अहिलेसम्म गरेर सिमेन्ट उद्योगले प्राधिकरणलाई बुझाउनु पर्ने करिब ३६ करोड बक्यौता रहदैँ आएको थियो तर सो बक्यौता रकम भुक्तानी गर्नका लागि एक साताअघि उद्योगलाई पत्र पठाएका थियौं । तर, पूर्णरूपमा बिधुतलाई भुक्तानी गरिएन, त्यसपछि बाध्य भएर आइतबारदेखि बिजुली काटेका हौं’ उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology