Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गैँडाको खागसहित तीन पक्राउ

गैँडाको खागसहित तीन पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८० बुधवार • १४:४८:१३ बजे
  • 349
    SHARES
  • गैँडाको खागसहित तीन पक्राउ

    ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

     पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौँ नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । 

    उक्त चोक नजिक गैँडाको खाग खरिदबिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology